Nepal Life

नेक्सजेन  म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारीको सम्झौता

NMB Bank
  • BFIS News
  • 2024 Apr 27 10:42
नेक्सजेन  म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारीको सम्झौता
National Life

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाण्डौंमा आज आयोजित एक समारोहमा दुवै पक्ष बीच सम्झौता भएको हो।

Shikhar
NIMB

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका हुन् ।मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ। यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। त्यसै गरी लगानी हब प्रा.लि. लगानीको नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया