NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको'ले गण्डकी प्रदेशका कर्मचारीलाई दियो पेशागत दक्षता अभिबृद्धि तालिम

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 27 15:14
सगरमाथा लुम्बिनी 'सलिको'ले गण्डकी प्रदेशका कर्मचारीलाई दियो पेशागत दक्षता अभिबृद्धि तालिम
Everest Bank

काठमाडौ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिद्धि लागि प्रशिक्षण कार्यक्रम (In House Training) सम्पन्न गरेको छ । कम्पनीको गण्डकी प्रदेश स्थित गुडविल होटलमा यहि १४ र १५  गते आयोजना गरिएको कार्यक्रममा ५५ भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।

Shikhar
NIMB

कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता बढाउने काम गरिरहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नेसनल कोअर्डीनेटर सहायक महाप्रबन्धक श्री कविराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, लेखा, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक श्री सुन्दर प्रसाद शर्मा र सहायक निर्देशक श्री सुदिप गिरी लगायत प्रदेश प्रमुख, तथा विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

उक्त प्रस्तुतिकरणका विषयले कर्मचारिहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सलिकोले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको छ । बजार बिस्तारमा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुन्छ, यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीति बनाएको छ ।

बीमा कम्पनीहरु काठमाण्डौ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो स्ट्रेन्थलाई उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । सलिकोले ग्रामिण क्षेत्रमा समेत आफ्नो बजार विस्तार गरिरहेको छ ।  

यो प्रशिक्षण कार्यक्रम सहित सलिको इन्सुरेन्सले यो आर्थिक बर्षमा आफ्ना सबै सातै प्रदेश भित्र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जानकारी गराएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया