Nepal Life

नेपाल रिपब्लिक मिडियाको शेयर सूचिकृत, पहिलो कारोबार कतिमा होला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 15:28
नेपाल रिपब्लिक मिडियाको शेयर सूचिकृत, पहिलो कारोबार कतिमा होला ?
Sanima Reliance

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको साधारण शेयर दोस्रो बजारमा सूचिकरण भएको छ । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज र नेपाल रिपब्लिक मिडिया विच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँको दरले ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष मेगा क्यापिटल मार्फत साधारण शेयर खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता सहित ९६ लाख ७५ हजार कित्ता शेयर सूचिकरण भएको हो ।

NIMB

रिपब्लिक मिडियाले दोस्रो बजारमा कारोबारका लागि (NRM) संकेत प्राप्त गरेको छ । आइतबार कम्पनीको शेयर कारोबार सुरु हुनेछ । पहिलो कारोबार ओपनिङ सेसनमा भए पछि मात्रै अन्य कारोबार गर्न पाइनेछ । यदि ओपनिङ सेसनमा कारोबार भएन भने त्यो दिनभरी कारोबार हुन पाउदैन । नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज न्युनतम ८४.४७ रुपैयाँ र अधिकतम २५३.४१ रुपैयाँ तोकेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया