NIMB Header 2
Nepal Life

फुडमान्डुको सेवा अब चितवनमा पनि

National Life
  • BFIS News
  • 2024 Apr 28 18:29
फुडमान्डुको सेवा अब चितवनमा पनि
Sanima Reliance

काठमाडौं । नेपालको फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ। फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै अब चितवनमा पनि विस्तार भएको हो।

Shikhar
NIMB

काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले पत्रकार सम्मेलनमार्फत् चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरूको अर्डर गर्न सकिने जानकारी दिएको हो।

कम्पनीका ब्रान्ण एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, 'फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ। चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरूका खानेकुराहरू घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत् डेलिभर गर्न हामी उत्साहित छौँ।'

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, 'हामी फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरूमा क्रमशः फैलाउने योजनामा छौँ। काठमाडौं, पोखरा हुँदै अब चितवनमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।'  

स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौं र पोखरामा पाएको सफलता अब चितवनमा पनि पाउनेमा कम्पनी ढुक्क रहेको बताएको छ।

चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरूसँग सहकार्य गरेको छ। साथै भविष्यमा अन्य सेवाहरू पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरूमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ। ग्राहकले मोबाइल एप, वेबसाइट र फोनमार्फत् खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आबद्ध रेस्टुरेन्टहरूले तयार गर्छन्। फुडमान्डुसँग अहिले एक हजारभन्दा बढी रेस्टुरेन्टहरू आबद्ध छन्।

चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा 'फुडसफारी' कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रूपैयाँसम्म) छुट पाउने घोषणा गरेको छ।

यो उपलब्धिलाई निरन्तरता दिँदै फुडमान्डुले अन्य मुख्य सहरहरूमा पनि छिट्टै सेवा विस्तार गर्ने जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार