Nepal Life

एनससेलले ४४ लाख भन्दा धेरै एसएमएस मार्फत दियो बाढी पहिरोको पूर्व सूचना

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 15:57
एनससेलले ४४ लाख भन्दा धेरै एसएमएस मार्फत दियो बाढी पहिरोको पूर्व सूचना
Sanima Reliance

काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा यस वर्ष ४४ लाख भन्दा धेरै लाई बाढी पहिरो सम्बन्धी पूर्वसूचना दिएको छ । गएका दुई महिनामा एसएमएस मार्फत एनसेलले सूचित गरेको हो ।

NIMB

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ सालदेखि बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको छ । यस सहकार्य अन्तर्गत एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने आफ्नो नेटवर्क भित्र रहेका जनसमुदायलाई बाढी पहिरोको सम्भावित जोखिम बारे उनीहरुको मोबाइलमा एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दछ ।
एनसेल र विभागको यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलाई न्युन गर्न मद्दत पुर्याउदै आएको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ साल देखि नै पूर्वसूचना प्रणालीको संचालन गर्दै आएका छ र यस सहकार्यलाई अझै परिस्कृत बनाउँदै पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेल प्रतिबद्घ रहेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया