Nepal Life

डिजेल र मट्टितेलको भाउ घट्यो, हवाइ इन्धन बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 21:33
डिजेल र मट्टितेलको भाउ घट्यो, हवाइ इन्धन बढ्यो
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ । त्यसैगरी आन्तरिक हवाइ इन्धन एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन सात डलर प्रतिलिटरले वृद्धि गरेको छ ।

मुल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल समान एक सय ५९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिक हवाइ इन्धन एक सय ३६ रुपैयाँ र बाह्य हवाइ इन्धन १.०३५ डलर प्रतिलिटर पुगेको छ ।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार मंगलबार दिउँसो इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल ०.०२ रुपैयाँ र डिजेल २.४५ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको हो । 

हवाइ इन्धनको मल्य भने प्रतिलिटर १.१८ रुपैयाँ प्रतिलिटर बढेर आएको प्रवक्ता ठाकुरले जानकारी दिए ।
निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया