Sanima Reliance

नेपाल लाइफको २३ वर्षको यात्रा: हरेक सूचकमा पहिलो, बीमितको साढे २ खर्बको विश्वास सम्हाल्दै

RBB
  • अरुण सापकोटा
  • 2024 May Fri 12:05
नेपाल लाइफको २३ वर्षको यात्रा: हरेक सूचकमा पहिलो, बीमितको साढे २ खर्बको विश्वास सम्हाल्दै
Nepal Life

काठमाडौं । विदेशी बीमा कम्पनीको दबदबा रहेको नेपालको बीमा बजारमा स्वेदशी लगानीमा खुलेको जीवन बिमा कम्पनी 'नेपाल लाइफ इन्स्योरेन्स' विगत १४ वर्षदेखि सम्पूर्ण सूचकमा 'नम्बर वान' छ । २०५८ साल बैसाख २१ गते जीवन बिमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २०८१ बैशाख २१ बाट २३ वर्ष पुरा गरि २४ वर्षमा प्रवेश गरेको छ । अर्थात् यो २४ वर्षको युवामा नेपाल लाइफको जीवन फक्रेको छ, फराकिलो आकाशमा उडान गरिरहेको छ, आफूलाई अझै अब्बल र सशक्त बनाउँदै छ ।

२३ वर्षको दौरानमा नेपाल लाइफले नेपालकै बीमा क्षेत्रमा सर्वाधिक धेरै साढे २ खर्ब भन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको छ । नेपाल जस्तो सधै लगानीको अभाव रहदै आएको मुलुकमा एक खर्ब ८७ अर्ब भन्दा धेरै विशाल लगानी गरिरहेको छ । कम्पनीले विविध क्षेत्रमा आफ्नो लगानी विस्तार गरेर नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्याउदै आइरहेको छ ।

सबैको विश्वास जित्दै, सबैको भरोसा बन्दै बाचा पूरा गर्दै, सर्वाधिक दावी भुक्तानी गर्ने क्रममा नेपाल लाइफले हालसम्म ७३ अर्ब भन्दा धेरै दाबी भुक्तानी गरिसकेको छ । २४ वर्षको अवधिमा झण्डै ५० हजार वटा पोलिसी परिपक्व भइसकेका छन् । यसरी मृत्यु दाबी र परिपक्व भएका बीमा पोलिसीको दाबी भुक्तानी गरेर कम्पनीले लाखौ बीमितको विश्वास जितिरहेको छ ।

यहि विश्वासका कारण कम्पनी दोस्रो पुस्ताका बीमितहरुको पनि पहिलो रोजाइमा परेको छ । आजको दिनमा नेपाल लाइफको सबैभन्दा ठुलो स्ट्रेन्थ यहि हो । जति मात्रामा पोलिसी परिपक्व हुँदै जान्छन् त्यति नै मात्रामा बीमा पोलिसी भित्रिदै जान्छन् । अर्थात कम्पनी गरेको बाचा पुरा भएको भन्दै उनिहरुले थप पोलिसी खरिद गरिरहेका छन् ।

आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै आएको नेपाल लाइफको जीवन बिमा कोष एक खर्ब ८२ अर्ब रुपैयाँ पुगिसकेको छ । वितग चार वर्षको अवधिमा कम्पनीले एक खर्बले जीवन बीमा कोष बढाउन सफल भएको हो । बीमितसँगै कम्पनीका सेयरधनीले पनि यस अवधिमा आकर्षक लाभांश प्राप्त गरिसकेका छन्।

कम्पनीले पहिलो दशकभन्दा दोस्रो दशकमा आफूलाई आक्रमक रूपमा अगाडि बढाउन सफल भयो। कम्पनी स्थापनापछि पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो। कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस पांती हुन्। दोस्रो प्रमुख कार्यकारी अधिकृत पनि भारतकै बिसी शर्मा थिए। तेस्रो सिइओ रमेशकुमार भट्टराई भए। मनोजकुमार भट्टराईसहित चार जनाले पहिलो एक दशक कम्पनीको नेतृत्व सम्हालेका थिए। दोस्रो दशकमा विवेक झाले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए । त्यस पछि सन्तोष प्रसाइले केहि समय नेतृत्व गरेर बाहिरिए सँगै हाल प्रविण रमण पराजुलीले सम्हाल्दै आइरहेका छन्।

कम्पनीलाई लामो समय नेतृत्व गरेका विवेक झाले कम्पनीको ब्राण्डिङ तथा बजार बिस्तारमा ठुलो भुमिका निर्वाह गरेकाले नेपाल लाइफका जो कोहीले उनलाई आजका दिनमा पनि सम्झिन्छन् । नेपाल लाइफले आजका दिनमा यो उचाइ हासिल गर्नुको ठुलो श्रेय बीमा कम्पनीका 'फ्रन्ट लाइनर' अभिकर्तालाई जान्छ । साथ साथै अभिकर्तालाई फिल्डमा जान अभिप्रेरित गर्ने काम कर्मचारीले गरिरहेका हुन्छन् । यी दुई पक्षको 'बन्डिङ रिलेन्सन'ले नै कम्पनीलाई नयाँ उचाई दिलाउन सहयोग पुर्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली बताउछन् ।

कम्पनी अहिलेको यो सफलताको आधार वर्ष २०७०/०७१ थियो । जतिवेला कम्पनीले जीवन बीमा व्यवसायलाई आक्रामक रुपमा अगाडी बढाउने रणनीति बनाएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१/७२ मा नेपाल लाइफले व्यापकरूपमा विस्तार गर्ने रणनीति तय गर्‍यो। यहि रणनीतिका कारण नेपाल लाइफले बजारमा १० वटा जीवन बीमा कम्पनी थपिदा पनि आफुलाई अझ आक्रामक रुपमा अगाडी बढाउन सफल भयो । नयाँ कम्पनी आउदा घाटा होइन झन् बढि बलियो कम्पनीको स्ट्रेन्थ देखाउदै आफुलाई बीमित माझ बलियो रुपमा उभ्यायो । नेपाल लाइफ २०७० सालतिर बजार हिस्सामा दोस्रो स्थानमा थियो । त्यस पछिका वर्षमा कम्पनीले आफुलाई यति धेरै विस्तार गर्यो कि दोस्रो कम्पनी विचको दुई दोब्बर भन्दा धेरैले अन्तर राख्न सफल भयो ।

पछिल्ला दिनमा मर्जर भएर कम्पनीहरु ठुला हुँदा पनि नेपाल लाइफले बजार हिस्सामा दोब्बर भन्दा धेरैको फरक राख्न सफल भइरहेको छ । आजका दिनमा नेपाल लाइफको बजार हिस्सा २७ प्रतिशत हुँदा दोस्रो तेस्रो चौथो नम्बरमा रहेका कम्पनीको बजार हिस्सा ११/१२ प्रतिशत मात्रै छ ।

बजार हिस्सामा छलाङ मार्ने क्रममा अन्य कम्पनीको व्यवसाय खोस्ने वा अरुले खाइरहेको केक भाग लगाउने भन्दा आफैँले बजार बनाउने योजनामा अगाडि बढ्यो। न्यून जनसंख्यामा बीमाको पहुँच रहेको सन्दर्भमा नेपाल लाइफले यसैलाई अवसरको रूपमा लियो र खाली बजारमै आफ्नो हिस्सा ओगट्दै गयो। यही स्वस्थ प्रतिस्पर्धाले कम्पनीलाई दीर्घकालीन सुधारको बाटोमा डोर्‍यायो।

बजारमा आफ्नो उपस्थिति देखाउन नेपाल लाइफले मिडियालाई सहयात्रीको रूपमा लियो। जसले गर्दा कम्पनीले बजारमा आफ्नै छुट्टै ब्रान्ड बनाउन सफल भयो।  परिणाम स्वरुप २०६९ यता ‘नेपाल लाइफ’ हरेक नेपालीको नसा नसामा छिर्न सफल भएको छ।

कोभिड १९ को समयमा कम्पनीले आफुलाई अझ आक्रामक रुपमा विस्तार गर्न सफल भयो । बरु पोष्ट कोभिडका दुई वर्षमा भने जीवन बीमा व्यवसायको विस्तारमा केहि ब्रेक लाग्यो । नेपालकै समग्र जीवन बीमा व्यवसायको बृद्धिदर नै एकदमै न्युन छ । कयौ कम्पनीको व्यवसाय बृद्धिदर नकारात्मक भए पनि नेपाल लाइफले हालसम्म सकारात्मक बृद्धिदर कायम राख्न सफल भएको छ । अहिले पनि ६/७ प्रशितको बृद्धिदर कायम राख्दै आएको छ । अहिलेको आर्थिक मन्दीबाट मुलुक अलिकति माथि उठ्ने वित्तीकै नेपाल लाइफले बजार विस्तारलाई थप आक्रामक रुपमा अगाडी बढाउने योजना बनाएको छ ।

नेपाल लाइफले विगत एक वर्षदेखि कोर्ष करेक्सन गर्दै आइरहेको छ । फ्युचर बोनस प्रोभिजनिङ मार्फत आगामी दिनमा कम्पनीले बीमितलाई दिने बोनसदरमा एकरुपता कायम राख्ने रणनीति तय गरेको छ । विगत दुई आर्थिक वर्षमा यहि कारणले गर्दा केहि मनि व्यापक पोलिसीको बोनसदर घटे पनि सावधिक जीवन बीमामा भने कम्पनीले बोनसदर कायम राख्दै आइरहेको छ । आगामी वर्षदेखि कम्पनीको बोनसदरमा कुनै पनि करेक्सन नहुने र बढ्दै जाने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफले आजको पोजिसनका लागि जुन किसिमको मेहनत गर्यो अवको दिनका लागि छुट्टै मेहन गर्नु पर्नेछ । विगत दुई वर्षदेखिको आर्थिक मन्दी र नेपाल बीमा प्राधिकरणको नियमनको व्यवस्थामा आएका कतिपय परिवर्तनले कम्पनीलाई करेक्सन गराएको छ । यो करेकस्न सँगै कम्पनीको दोस्रो जग निर्माण भएको छ । यसले अझ स्वस्थ रुपमा कम्पनीलाई अगाडी बढाउन मद्दत पुर्याउनेछ ।

कम्पनीले अवका दिनमा एक चरणमा ठुलो अनुसन्धान गर्नुपर्नेछ । जसरी विगत २४ वर्षमा कम्पनीले आफ्नो ब्राण्डिङलाई जन जनमा पुर्याउन सफल भएको छ यो वर्गबाट अझै बीमा ल्याउन सकेको छैन । अर्को तर्फ कम्पनीले आफ्नो पुरानो ब्राण्डिङलाई निरन्तरता दिन अझै धेरै मिहिन रुपमा ब्राण्डिङको काम गर्नु पर्नेछ । आजका दिनसम्ममा कम्पनीले ४० लाख भन्दा धेरैलाई बीमाको सेवा प्रदान गरिकसेको छ । लाखकौको संख्यामा बीमित छन् । यि दुबै क्षेत्र कम्पनीको सम्पत्ती हो । यसरी लाखौ मानिसको माइन्डमा नेपाल लाइफ सेट भइसकेको छ ।

वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कम्पनीलाई यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् ।

साथै यस अवसरमा कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्ने बीमितहरु, अहोरात्र खटिइ नेपाल लाइफको सेवा विस्तारमा साथ दिने अभिकर्ताहरु तथा कम्पनीको बृहत्तर हितका लागि मेहनती र लगनशिल भई सेवा प्रवाह गर्ने सम्पूर्ण कर्मचारीहरुलाई समेत उनले धन्यवाद व्यक्त गरेको छ ।

कम्पनीले २४ औ वार्षिकोत्सवको अवसरमा बीमित, अभिकर्ता, शेयरधनी, कर्मचारी, संचालक समिति, नियमनकारी निकाय लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । कम्पनीले बीमितको सेवामा अझै कैयौ वर्ष अनवरत रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया