Nepal Life

फोन पेले गर्यो नेपालमा युपिआइ मार्फत सञ्चालित सम्पुर्ण सेवाहरुको प्रदर्शनी

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 12:44
फोन पेले गर्यो नेपालमा युपिआइ मार्फत सञ्चालित सम्पुर्ण सेवाहरुको प्रदर्शनी
Sanima Reliance

काठमाडौँ । फोन पे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, यु.पी.आई (UPI) भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक Fonepay ले समर्थन गरेको थियो जो नेपाल-भारत क्रस बोर्डर  यु.पी.आई (UPI) अन्तरआवद्दताका लागि यन. आई. पी. यल (NIPL) को काउन्टरपार्टी पनि हो।

 

NIMB

उक्त कार्यक्रममा Fonepay नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा द्वारा, नेपालको डिजिटल अर्थतन्त्रको लागि यु.पी.आई को सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो । यसको साथसाथै कार्यक्रममा, नेपालको अर्थतन्त्र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो। उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का विवेक राणा  - ICT/MIS कन्सल्टेन्ट् , एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए ।

उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन (Compliance) मागहरूको बिषयमा चर्चाहरु भएका थिए ।  सुविधाजनक नगदरहित भुक्तानीहरू मार्फत, नेपालको पर्यटन क्षेत्रमा यु.पी.आई (UPI) को सकारात्मक प्रभावलाई सदुपयोग गर्दै, कसरी समग्र पर्यटकहरुको अनुभवलाई बृदि गर्न  सकिन्छ  भन्ने  बारे प्यानलका  सदस्यहरुद्वारा  छलफल  भएको  थियो ।

यसका साथै , क्रस बोर्डर  भुक्तानीहरूले वित्तीय संस्थाहरूको राजस्व प्रवाह र व्यापार मोडललाई कसरी प्रभाव पार्छ भन्ने बारेमा पनि थप अध्ययन भएको थियो। प्यानल सदस्यहरुले सुविधा, अन्तरआवद्दता, सुरक्षा र लागत-प्रभावकारिता जस्ता पक्षहरूमा ध्यान केन्द्रित गर्दै नेपालमा उपभोक्ताका अनुभवमा UPI को प्रभाव बारे छलफल गरे  ।  सेवा नपुगेका साना र मझौला उद्यमीहरूलाई प्रभाव पार्ने वैकल्पिक भुक्तानी विधिहरू मार्फत क्रस बोर्डर  भुक्तानीहरूको बृहत् आर्थिक प्रभावहरूको बारेमा पनि उक्त छलफल बाट बाहिर आयो ।

उक्त कार्यक्रमको निरन्तरताको रुपमा PhonePe का कार्यकारी अधिकृत रितेश पाई द्वारा सेवा प्रदर्सनी भएको थियो, जसमा PhonePe को समग्र यात्रा समाबेश गरिएको थियो। उनको प्रस्तुति, यु.पी.आई  (UPI) द्वारा संचालित PhonePe ले कसरी भारत भरि भुक्तानीलाई सबै वर्ग माझ एक समान अगाडि बढाएको र एक सम्पन्न प्रणालीलाई बढावा दिदै आएको छ भन्ने बारेमा पनि थियो। सो प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो। भारतीय बजारको सफलताको कथासँग समानान्तर चित्रण गर्दै, PhonePe ले  यो सफलतालाई नेपालमा कसरी दोहोर्याउन सक्छ भन्ने चित्रण गरेको थियो।

नेपाल भारतीय पर्यटकहरु  बीचमा धेरै लोकप्रिय गन्तव्य हो । पर्यटकहरुले अब विभिन्न पर्यटक स्थलहरू, खुद्रा स्टोरहरू, धार्मिक स्थलहरू र अन्य लोकप्रिय स्थानहरूमा भुक्तानी गर्न यु.पी.आई  ​​प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले नेपालमा Fonepay QR मा ​​दर्ता भएका व्यवसायिक स्थानहरूमा UPI-सक्षम एपबाट क्यु.आर कोडहरू सजिलै स्क्यान गर्न सक्नेछन् । यो सेवा Fonepay को  यन.पी.सी.आई (NPCI) इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (NIPL) सँगको साझेदारी मार्फत सहजीकरण गरिएको हो। यस साझेदारी मार्फत Fonepay ले, भुक्तानी सेवा प्रदायकहरू, अग्रणी बैंकहरू र वालेटहरूमा क्यु.आर कोड-आधारित भुक्तानीहरूलाई  सक्षम बनाएको  छ र  भारतीय यात्रुहरूलाई लेनदेनको लागि यु.पी.आई  प्रयोग गर्न सुबिधा  दिएको छ।

अब छिट्टै नेपालबाट भारत भ्रमण गर्ने पर्यटकहरुले पनि यु.पी.आई  क्यु.आर कोड स्क्यान गर्न, वालेटमा आधारित एपहरू जस्ता वित्तीय साधनहरू प्रयोग गरी सजिलै भुक्तान गर्न मिल्ने छ ।

PhonePe का प्रमुख कार्यकारी अधिकृत रितेश पाइका अनुसार, "हामी नेपालमा UPI प्लेटफर्मद्वारा सञ्चालित सेवाहरू संचालन गर्न पाउँदा हर्षित छौं। यस समारोहले Fonepay लगायत नेपालको वित्तीय क्षेत्र का प्रमुख सेवा प्रदायकहरु, प्रमुख व्यावसायिक व्यक्तित्वहरू पर्यटनका प्रतिनिधिहरूलाई एकसाथ ल्याएको नेपालमा यु.पी.आई  को सफलताको लागि यो एकताबद्ध भावनाको पनि प्रमाण हो जस प्रति हामी निकै आभारी छौं भारतीय यात्रुहरुको लागि नेपाल एक प्रसिद्ध पर्यटकीय गन्तब्य हो यु.पी.आई को साथमा अब भारतीय  नागरिकहरुले  आफ्नो देशमा झैँ नेपालमा पनि नगदरहित भुक्तानीको अनुभव लिन सक्नु  हुनेछ। यसले उहाँहरुको यात्राको अनुभवलाई बढाउनुको साथसाथै  डिजिटल लेनदेनलाई पनि प्रोत्साहन दिन्छ

कार्यक्रममा यन.पी.सी.आई (NPCI international) का  प्रमुख  कार्यकारी अधिकृत रितेश  शुक्लाका अनुसार“हामीले नेपालमा क्यु.आर-कोड-आधारित व्यक्ति-देखि-व्यापारी (P2M) यु.पी.आई (UPI) लेनदेन सुरु गर्न Fonepay सँग साझेदारी गरेका छौं। क्यु.आर भुक्तानीको सन्दर्भमा बजारमा Fonepay को बृहद बजार हिस्सा भएकोले आज देशभर क्यु.आर बाट भुक्तानी लिने गरेको पाइनछ यसको लाभ भारतीय उपभोक्ताहरुले उठाउन सक्नु  हुन्छ भारतीय उपभोक्ताहरूले आफुलाई उपयुक्त लाग्ने यु.पी.आई -सक्षम एपहरू प्रयोग गरेर नेपालभर तत्काल, सुरक्षित सुविधाजनक भुक्तानीहरू गर्न मिल्ने  भएको  हामी हाम्रा साझेदारहरूलेइकोसिस्टम भित्र रहेर वित्तीय चेतना जगाउन, यु.पी.आई को प्रयोग बढाउन, दुई राष्ट्रहरू बीच वाणिज्य पर्यटन वृद्धि गर्न हातेमालो गरिरहेको देख्न पाउँदा निकै खुसी छौं

कार्यक्रमलाई सम्बोधन गर्दै , Fonepay का कार्यकारी अधिकृत दिवस सापकोटाका अनुसारयो Fonepay को लागि अत्यन्तै गौरव खुसिको क्षण हो। नेपालमा क्रस बोडर भुक्तानी ल्याउने हाम्रो वर्षको यात्रा अन्ततः सफल भएको यु.पी.आई  भुक्तानी नेपालमा लाइभ भएको छ। हामीले NPCI इन्टरनेशनलसँगको साझेदारीमा यु.पी.आई भुक्तानीहरूलाई परिचय गराउँदा PhonePe लाई नेपालमा स्वागत गर्दै गर्दा, आउने दिनहरुमा यस कदमले सहज डिजिटल कारोबार, आर्थिक वृद्धि, वित्तीय समावेशीकरण व्यापार व्यवसायहरूलाई थप  फाइदा पुर्याउने भन्ने कुरामा बिस्वस्त छौ हामी नियामकहरू सरकारी निकायहरूलाई उहाँहरुको अमूल्य सहयोग संगै नयाँ आविष्कारहरूलाई साथ दिनुभएकोमा डिजिटल रूपान्तरणतर्फ नेपालको यात्रालाई सहज गर्न निजी क्षेत्रका प्रयासहरूलाई समर्थन गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। आभारको  साथ-साथै, नयाँ आविष्कारहरूलाई थप समर्थन गर्न प्राविधिक विकासमा निजी क्षेत्रसँगको साझेदारीलाई प्रवर्द्धन गर्न नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक सेवाहरू ल्याउने वातावरणको  विकास गर्न हामी नियामक तथा अधिकारीहरूलाई आग्रह पनि गर्दछौं

PhonePe ग्रुप बारे:

PhonePe समूह भारतको अग्रणी फिनटेक कम्पनी हो। यसको प्रमुख सेवा, फोनपे  डिजिटल भुक्तानी एप, अगस्ट २०१६  मा लन्च गरिएको थियो। मात्र ७ वर्षमा, कम्पनीले ५२०+ मिलियन  प्रयोगकर्ताहरू र ३८ मिलियन व्यापारीहरूको डिजिटल भुक्तानी स्वीकृति नेटवर्कको साथ भारतको अग्रणी उपभोक्ता भुक्तानी एप बन्न सफल भएको छ। PhonePe ले वार्षिक कुल भुक्तानी मूल्य (TPV) $१ .५+ ट्रिलियन अमेरिकी डलर र दैनिक २३०+ मिलियन कारोबारको  प्रशोधन गर्दछ।

डिजिटल भुक्तानीमा आफ्नो नेतृत्वको पछाडि, PhonePe समूहले वित्तीय सेवाहरू (बीमा, ऋण, सम्पत्ति) साथै नयाँ उपभोक्ता प्रविधि व्यवसायहरू (पिनकोड - हाइपरलोकल ई-कमर्स र इन्डस एप स्टोर - भारतको पहिलो स्थानीयकृत एप स्टोर) मा विस्तार गरेको छ। भारतमै हेडक्ववाटर रहेको PhonePe समूह एक टेक्नोलोजी कम्पनी हो जसले  प्रत्येक भारतीयलाई पैसाको प्रवाह र सेवाहरूमा पहुँचलाई बढाएर समान अवसर प्रदान गर्ने दृष्टिकोण राखेको छ ।

यन.आई.पी.यल. (NIPL) बारे:

यन.पी.सी.आई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (NIPL) लाई अप्रिल ३, २०२० मा भारतको राष्ट्रिय भुक्तानी निगम (NPCI) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीको रूपमा समावेश गरिएको थियो। यन.पी.सी.आई (NPCI) को अन्तर्राष्ट्रिय शाखाको रूपमा रहेको यन.आई.पी.यल (NIPL) ले  यन.पी.सी.आई (NPCI)  को स्वदेशी भुक्तानी प्रणाली - युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) र कार्ड स्किम – रु.पे (RuPay) लाई,  भारत बाहिर अन्य देशमा प्रयोग गर्न मिल्ने बनाउदै आएको छ।

यन.पी.सी.आई (NPCI) ले, भारतमा भुक्तानीलाई रूपान्तरण गरेर घरेलु बजारमा आफ्नो उत्पादन र प्राविधिक क्षमताहरू सफलतापूर्वक विकास गरी प्रमाणित गरेको छ। यसको साथै, त्यस्ता धेरै देशहरू जसले आफ्नै देशमा “रियल टाइम भुक्तानी प्रणाली' वा 'घरेलु कार्ड स्किम' स्थापना गर्न चाहन्छन्,  एन.आई.पी.एलले आफ्नो ज्ञान र अनुभवका साथ ती देशहरूलाई इजाजतपत्र मार्फत प्राविधिक सहायता र परामर्श पनि प्रदान गर्दै आएको  छ।

Fonepay बारे:

Fonepay, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो। यफ.वान सफ्ट (F1soft) समूहको सहायक कम्पनी, Fonepay एक ISO २७००१ :२०१३ प्रमाणित कम्पनी हो। Fonepay ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै  नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ । Fonepay , भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया