NIMB Header 2
Nepal Life

वार्षिकोत्सवको अवसरमा पनि किन नेपाल लाइफका अभिकर्ता बेखुसी ?

Muktinath Bank
  • BFIS News
  • 2024 May 03 14:29
वार्षिकोत्सवको अवसरमा पनि किन नेपाल लाइफका अभिकर्ता बेखुसी ?
National Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज २३ औं वार्षिकोत्सव मनाइरहेको छ । कम्पनीले नेपालभर रहेका शाखा कार्यालयहरु मार्फत रक्तदान तथा निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरिरहेको छ । तर यस अवसरमा भने कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरु बेखुसी रहेको पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले बताए 

NIMB

उनले भने ‘आजैबाट कम्पनी कुनै सहकार्य नगरि एकलौटि ढङ्गबाट अगाडी बढेको, सबै सूचकाङ्क मजबुद हुँदा हुँदै पनि बोनस नबढाएको हुँदा कम्पनीले गर्ने सबै कार्यक्रमलाई अभिकर्ताले बहिस्कार गरेका छन् ।’ नेपाल लाइफले गएका दुई आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कन सँगै व्याक पोलिसीमा बीमितले पाउने बोनसदर घटेको छ । यसरी लगातार दुई आर्थिक वर्षकै बोनसदर घटेपछि अभिकर्ताहरु रुष्ट भएका हुन् ।

कम्पनीका सबै सूचक एकदमै राम्रो हुँदा हुँदै किन बीमितले पाउने बोनसदर घटाइयो भन्दै अभिकर्ताले विरोध जनाएका हुन् । नेपाल लाइफले विगत लामो समयदेखि मनि व्याक पोलिसीमा पनि ६० रुपैयाँ भन्दा धेरै बोनसदर दिदै आएको थियो । तर जीवन बीमा व्यवसायमा मनि व्याक पोलिसी सिद्धान्तत गलत हो । तर नेपालका बीमा कम्पनीहरुले बीमित र अभिकर्ताका साथै प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै यस्ता पोलिसी जारी गर्ने गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले जारी गरेका पछिल्ला निर्देशिका तथा मापदण्ड अनुरुप अगाडी बढ्दा मनि व्याक पोलिसीको बोनसदर घटेको कम्पनीको धारणा रहेको छ । कम्पनीले विगत तीन वर्षदेखि फ्युचर ‘बोनस प्रोभिजिनङको व्यवस्था’ लागु गर्दै आइरहेको छ । यो नियम अनुसार सत प्रतिशत फ्युचर बोनस प्रोभिजनिङ गर्नु पर्छ । यहि कारणले कम्पनीले केहि पोलिसीमा बाध्य भएर बोनसदर घटाउनु परिरहेकोछ । तर अहिले गरिएको प्रोभिजनिङको व्यवस्थाले भने आगामी वर्षमा कम्पनीले कहिल्यै पनि बोनसदर घटाउनु पर्ने अवस्था नआउने कम्पनीले स्पष्टिकरण दिएको छ ।

अभिकर्ताहरुले नै सबैभन्दा पहिला बीमितलाई फेस गर्नु पर्छ । यस क्रममा अभिकर्ताले बिमितको गालि खानु पर्ने अवस्था रहेकाले बोनसदर घटाउने काम नगरिदिन अधिकारीले कम्पनीलाई अनुरोध गरेका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया