NIMB Header 2
Nepal Life

सी.जी फुड्स पार्कमा अज्ञात समुहद्धारा आक्रमण, महिला कर्मचारीमाथि हातपात

National Life
  • BFIS News
  • 2024 May 03 18:19
सी.जी फुड्स पार्कमा अज्ञात समुहद्धारा आक्रमण, महिला कर्मचारीमाथि हातपात
Sanima Reliance

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सी. जी. फुड्स पार्क, भैंसेपाटीमा आज अपरान्ह अज्ञात समूहले आक्रमण गरेको छ । दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको छ ।

Shikhar
NIMB

फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद' जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए । त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए। त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको छ । 

देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय भन्दै सी.जीले जनाएको छ । यस घटनाको हामी भर्त्सना गर्दछौं । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ ।

घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कार्वाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं । साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्बन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार