Nepal Life

चौधरी समुह माथि किन हुँदैछ एक पछि अर्को आक्रामण, स्वार्थ समुहको लगानीमैत्री वातावरण विथोल्ने प्रयास

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 May Sat 07:51
चौधरी समुह माथि किन हुँदैछ एक पछि अर्को आक्रामण, स्वार्थ समुहको लगानीमैत्री वातावरण विथोल्ने प्रयास
Sanima Reliance

काठमाडौं । सरकारले यहि बैंशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय लगानीसम्मेलन आयोजना गर्यो । विगतका लगानीसम्मेलन भन्दा यस वर्ष खासै उपलब्धीपुर्ण देखिएन । १० वर्ष जनयुद्ध लडेर करिव दुई दशकदेखि अधिकाम्स समय सत्ताको बागडोर सम्हाल्दै आइरहेको नेकपा माओवादी सरकारमा भएकै कारण पश्चिमा मुलुकहरुले लगानी गर्न नरुचाइएको भनिएता पनि स्वेदशी लगानीकर्तालाई नै सुरक्षित गर्न नसक्नु अहिलेको सरकारको सबैभन्दा ठुलो कमजोरी हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय फोरममा नेपाल लगानीका लागि सुरक्षित छ भन्दै आह्वान गर्दै गर्दा स्थापित व्यवसायीलाई रातारात धरकपट गर्दै थुनिनु, उद्योग परिसर भित्र मध्यान्नमै हुने आक्रमणलाई पक्कै पनि वैदेशिक लगानीकर्ताले हेरिरहेका हुन्छन् । यस्ता हर्कतले सम्मेलनमा प्रतिवद्धता भएका रकम भित्र्याउन पनि रोक्ने निश्चित छ ।

लगानी सम्मेलनकै पुर्वार्धमा उद्योगपति अरुणकुमार चौधरीलाई करिब ४० वर्षअघिको निजीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ गरेर अन्तर्राष्ट्रिय जगतलाई नै राम्रो सँग झस्कायो । यहि कारण भारतको प्रतिष्ठित व्यापारिक घरानाका गौतम अदानी र अम्बानी समूहले आफ्नो सहभागितालाई रोके । यो नै सरकारको ठुलो असफलता हो । भारतको व्यवसायिक घरानाले नेपालको जलविद्युतमा ठुलो लगानी भित्र्याउने योजना सहित नेपालमा आउने योजना बनाएका थिए । जव नेपालकै प्रतिष्ठित र स्थापित व्यवसायिक घरानामाथि सरकारले नै आक्रमण गर्न थाल्यो त्यस पछि भारतीय व्यवसायिक घरानाकै लगानीकर्ता नेपाल आउन चाहेनन् ।

नेपालको जलविद्युतको ठुलो बजार भारत नै हो । नेपालले विश्वका अन्य मुलुकका लगानीकर्ता मार्फत जलविद्युतमा लगानी गर्नु भन्दा भारतकै लगानीकर्ता मार्फत लगानी गर्दा बढि लाभ पाउन सक्छ । भोलि भारतले नेपालको विद्युत खरिद गरिदिएन भने अर्बौको लगानी खेर जान्छ । त्यसैले पनि नेपालले सकेसम्म ठुलो लगानी भारतबाटै भित्र्याउदा राम्रो बजार पाउन सक्छ ।

चौधरी समुहले नेपालमा लगानी बढाइरहेको छ । होटल तथा पर्यटनदेखि लिएर अटोमोबाइलमा पनि लगानी विस्तार गरिरहेको छ । हरेक क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने क्रममा स्वार्थ समुहबाट चौधरी समुह चौतर्फी आक्रमणमा पर्न थालेको हो । 

शुक्रवार सी.जी फुड्स पार्कमा अज्ञात समुहले आक्रमण गर्यो । काठमाडौं महानगरपालिकाले वाइवाइ गुणस्तर हिन भेटियो भन्दै कारबाही गर्यो । विगत ४० वर्षदेखि नेपाल सहित विश्वका कयौदेशमा वाइवाइ चाउचाउ उत्पादन गर्दै आइरहेको सी.जी समुहलाई बदनाम गर्ने उद्देश्य सहित यस्ता काम भइरहेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी बताउछन् ।  

 चौधरी समुहले वाई वाई चाउचाउको आइपिओ निष्काशन गर्ने घोषणा सँगै वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेको चौधरीको भनाइ छ । उनले भनेका छन् ‘चौधरी समूह विरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् । जसमा वाइ वाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौं कि वाइवाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् ।’

उनले थपे, अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं ।

उनले भनेका छन् ‘नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं ।’

यसरी चौधरीले कारखानामा आएर भ्रमण गर्न आह्वान गर्दै गर्दा अज्ञात समुहले नै आक्रमण गर्नुले पक्कै पनि राम्रो सन्देश प्रभाव गर्दैन । आज लाखौ नेपालीहरु अवसरको अभावमा विदेशिरहेका छन् । स्वदेशमा अवसरको सिर्जना गर्न उद्यमी आउने वातावरण बनाउनु पर्नेमा भएका उद्यमीलाई नै पलायन गराउने रणनीति बनेका छन् । यदि नेपालमै उद्यमी बन्ने तथा रोजगारी सिर्जना गर्ने बातावरण बन्ने हो भने लाखौ नेपाली स्वदेश फर्किने अवसर तयार हुनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया