Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५ प्रतिशत लाभांश साधारणसभाबाट पारित

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 17:13
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५ प्रतिशत लाभांश साधारणसभाबाट पारित
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ३५ प्रतिशत बराबरले हुने १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ रुपैयाँ बराबरको लाभांश अनुमोदन गरेको छ ।

NIMB

होटल हैरिसन प्यालेसमा विराटनगरमा बैशाख २१ गते शुक्रबार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पुँजीको २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस सेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको हो ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार ७९७ रूपैयाँ ४६ पैसा पुगेको छ ।

साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को मिति २०७९ साल पुस ६ गतेको नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।

साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सोही सभाले आर्थिक वर्ष २०८०/८१ को लागि सुजन काफ्ले एन्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया