Nepal Life

दुर्गम भेगका २९ वटा विमानस्थलमा साढे १२ बजे पछि हवाइ उडान नहुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 08:08
दुर्गम भेगका २९ वटा विमानस्थलमा साढे १२ बजे पछि हवाइ उडान नहुने
Sanima Reliance

काठमाडौं । झन्डै साढे दुई दर्जन निमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यावसायिक हवाई उडान नहुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा अबको तीन महिनासम्म दिउँसो १२:३० बजेपछि उडान नगर्ने निर्णय गरेको हो ।

NIMB

हवाई सुरक्षालाई मध्येनजर गर्दै जुलाईदेखि सेप्टेम्बरसम्म अप्रेशन टाइम (उडान संचालन गर्ने समय)बाहेकको समयमा उडान नगर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिका अनुसार उडान सञ्चालनको समय बिहान ६ः४५ देखि दिउँसो १२ः३० सम्म तोकिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार झण्डै २९ वटा दुर्गम भेगका विमानस्थलमा व्यवसायिक तथा चार्टर उडान गर्न नपाउने व्यवस्था गरिएको छ । 

हरेक विमानस्थलमा अपरेस्नल आवर ६ बजेटदेखि १२ बजेसम्म हुनेछ । पहाडी भेगमा र तराईमा अपरेस्नल आवर फरक हुने भए पनि अन्तर्राष्ट्रिय उडानका लागि २४ घण्टा अप्रेशनल आवर तोकिएको छ । सुरक्षालाई मजबुद बनाउन यस्तो व्यवस्था ल्याएको हो । 

जोमसोम, मनाङ, फाप्लु, सिमकोट, भोजपुर, मेघौली, ताप्लेजुङ, डोल्पा, थामखर्क, मसिनेचौर, काँगेलडाडा, बाग्लुङ, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, दार्चुला, सल्ले, रारा, खानिडाडा र महेन्द्रनगर विमानस्थलमा १२ः३० बजेपछि उडान हुने छैन ।

गत आर्थिक वर्षसम्म नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी विमानस्थलको संख्या ५३ पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ३३ वटा विमानस्थल मात्रै संचालनमा छन् भने २० वटामा उडान बन्द छ ।

हाल दार्चुला एयरपोर्ट, महेन्द्रनगर, कैलालीको टिकापुर, कालिकोट, रुकुमको चौरजहारी, डोल्पाको मसिनेचौर विमानस्थल सञ्चालनमा छैनन् । यसैगरी, रोल्पा एयरपोर्ट, गुल्मी, ढोरपाटन, मनाङ, गोरखाको पालुङटार, रसुवाको लाङटाङ, चितवनको मेघौली, दोलखाको जिरी, फाल्गुनन्द एयरपोर्ट, स्याङबोचे, कँगेलडाँडा एयरपोर्ट र खिजिचण्डेश्वरी विमानस्थल बन्द छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया