NIMB Header 2
Nepal Life

पठाओमा अब कार प्लस सुविधा

National Life
  • BFIS News
  • 2024 May 07 15:34
पठाओमा अब कार प्लस सुविधा
Sanima Reliance

काठमाडौं । पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ। कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो।

Shikhar
NIMB

पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो। नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ।

कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

यो फिचर हालको लागि काठमाडौं उपत्यकामा मात्र लागू गरिएको र बाँकी सहरहरूमा समय अनुकूल विस्तार गरिने बस्न्यातको भनाइ छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार