Nepal Life

मर्जर पछि आइजिआइ प्रुडेन्सियलले मार्यो छलाङ, नाफा १८१ % ले बढ्दा इपिएस २० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 17:21
मर्जर पछि आइजिआइ प्रुडेन्सियलले मार्यो छलाङ, नाफा १८१ % ले बढ्दा इपिएस २० रुपैयाँ
Sanima Reliance

काठमाडौं । मर्जर पछि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले थप सिनर्जी प्राप्त गरेको छ । साविक आइजीआई र प्रुडेन्सियल एक आपसमा मर्ज भइ बनेको आइजिआई प्रुडेन्सियलले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाशिक अवधिमा १८१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।

NIMB

९ महिनाको अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । दुई कम्पनी विच २०८० बैशाख २७ गते एकिकृत कारोबार भएको थियो । अर्थात आज भन्दा ठिक एक वर्ष अगाडी दुई कम्पनी एक भएका थिए ।

मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड पुगेको छ । जगेडा कोषमा एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनी पूँजी तथा कोषका हिसावले शक्तिशाली बनेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८८ प्रतिशतले सुधार भएको छ । यस अवधिमा कम्पनीले ८६ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन भने २ अर्ब २८ करोड छ ।

कम्पनीको दाबी भुक्तानी पनि ९४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले बीमितलाई ५१ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । मुनाफामा बृद्धि सँगै प्रतिशेयर आम्दानी पनि २०.५८ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १८१.९२ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया