Nepal Life

नेरुडे मिर्मिरेको नाफामा उल्लेख्य वृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 07:53
नेरुडे मिर्मिरेको नाफामा उल्लेख्य वृद्धि
Sanima Reliance

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरको छ। जसअनुसार लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०१.७५ प्रतिशतले धेरै हो। अघिल्लो आवको सोही अवधिमा संस्थाले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

NIMB

यस अवधिमा संस्थाको निक्षेप संकलन पनि बढेको छ। अघिल्लो आवसम्म ३ अर्ब ४६ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ६ अर्ब १० करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।  

यस्तै, संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी १६१.८६ प्रतिशतले बढ्दै ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले २४ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाको कर्जा प्रवाह पनि बढेको छ। संस्थाले २० अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले १० अर्ब ६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।   

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात १२.६९ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ९.७८ प्रतिशत कायम थियो ।   

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १५ करोड ७० लाख रुपैयाँ छुट्टाएको छ । संस्थाले कर्मचारीका लागि ३० करोड ६० लाख र अन्य सञ्चालनका लागि ८ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी (इपिएस) ३२.८१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७८.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.१४ गुणा ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५७१.८१ रुपैयाँ र तरलता अनुपात १५.०८ प्रतिशत कायम भएको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार