Nepal Life

कालोसूचीका लागि सिफारिस २७ ठेकेदार कम्पनीलाई सोधियो स्पष्टीकरण, सात दिनभित्र नबुझाए कारबाही

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 08:29
कालोसूचीका लागि सिफारिस २७ ठेकेदार कम्पनीलाई सोधियो स्पष्टीकरण, सात दिनभित्र नबुझाए कारबाही
Sanima Reliance

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकेदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

NIMB

सार्वजनिक निकायहरुबाट कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।

सूचनाअनुसार ७ दिनभित्र लिखित स्पष्टीकरण पेस नगरे कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ क बमोजिम कारबाही हुने जनाएको छ ।

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार