NIMB Header 2
Nepal Life

तारागाउँ रिजेन्सीको तेस्रो त्रैमाससम्मको खुद नाफा ३३ करोडमाथि

National Life
  • BFIS News
  • 2024 May 09 08:50
तारागाउँ रिजेन्सीको तेस्रो त्रैमाससम्मको खुद नाफा ३३ करोडमाथि
Sanima Reliance

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाफामा वृद्धि भएको छ। चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको सोहि अवधिको तुलनामा ३९.५४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Shikhar
NIMB

तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको यस्तो आम्दानी ९० करोड ६१ लाख रुपैयाँ थियो।

कम्पनीको खुद आम्दानी पनि १२.२५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १ करोड ५५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

कम्पनीको सञ्चालन खर्च ४५ करोड ७६ लाख र प्रशासनिक खर्च २० करोड २ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५१ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ७२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३० करोड र कुल चालु दायित्व १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।  

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ५ रुपैयाँ ७७ पैसा बढेर २२ रुपैयाँ ६५ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया