NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मीको मुनाफा ३८ प्रतिशतले बढ्यो, जीवन बीमा व्यवसाय सत प्रतिशतले बृद्धि

National Life
  • BFIS News
  • 2024 May 09 10:43
प्रभु महालक्ष्मीको मुनाफा ३८ प्रतिशतले बढ्यो, जीवन बीमा व्यवसाय सत प्रतिशतले बृद्धि
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाशिक अवधिमा आकर्षक प्रगति गरेको छ । मर्जर पछि आक्रामक रुपमा बजार विस्तार गरिरहेको कम्पनीले ९ महिनाको अवधिमा जीवन बीमा व्यवसाय १०२ प्रतिशतले बढाउन सफल भएको छ ।

Shikhar
NIMB

कम्पनीले समिक्षा अवधिमा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले खुद बीमाशुल्क आर्जन १०२.८४ प्रतिशत बढाउन सफल भएको छ । त्यस्तै कुल आम्दानी १०९.०५ प्रतिशत बढाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४०.२६ प्रतिशत र कुल खर्च ११७.२१ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा घटेर ८ रुपैयाँ ३५ पसामा झरेको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.३१ गुणा र प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३५ पैसा रहेको छ।

४ अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा ८ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७५ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ३२ लाख रुपैयाँ रहेको छ।

मर्जर पछि प्रभु महालक्ष्मी लाइफले नविकरण तथा प्रथम बीमा शुल्क दुबैमा उत्तीकै ध्याद दिदै आइरहेको छ । मर्जर पछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बाहिरिए सँगै सन्तोष प्रसाइले सम्हाल्दै आइरहेका छन् । प्रसाइले व्यवसाय बृद्धिका लागि कर्मचारी तथा अभिकर्तालाई प्रोत्साहित गर्दै आइरहेका छन् । 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार