NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफको डाइनामिक क्यूआर पेमेन्ट सिस्टम

National Life
  • BFIS News
  • 2024 May 09 15:36
सूर्यज्योति लाइफको डाइनामिक क्यूआर पेमेन्ट सिस्टम
Sanima Reliance

काठमाडौं। सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ।

Shikhar
NIMB

डाइनामिक क्यूआर पेमेन्ट सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन्। उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाईल एपमार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यो सिस्टममा विभिन्न बैंकको नियमानुसार अधिकतम रु. ३ लाखसम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र फोन पे को माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आईपीएस एपलगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

यो सुविधा कम्पनीका बीमितहरुले देशभर रहेका १७८ शाखा कार्यालयहरु वा आफैंले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई सर्भिस अप्सनमा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार