Nepal Life

नेशनल लाइफद्वारा वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका आलेको परिवारलाई दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 20:04
नेशनल लाइफद्वारा वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका आलेको परिवारलाई दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका बीमित स्व राजु आले मगरको परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । 

NIMB

पथरी शनिश्चरे २ का बासिन्दा स्व. राजु आले मगर एक वर्ष अघि बैदेसिक रोजगारको सिलसिलामा मलेसिया गएका थिए । उनको बिदेसमै निधन भए पछि कम्पनीले उनकै श्रीमति कल्पना आले मगरलाई म्यादी बीमा अन्तर्गत १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई अनिवार्य रुपमा बीमा गर्नै पर्ने व्यवस्था गरेका कारण नेपाली जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत बीमा गराउदै आइरहेका छन् । यसरी हजारौ नेपालीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत राहात पाएका छन् । नेशनल लाइफले मृत्यु दाबी भुक्तानीमा विशेष प्राथमिकता दिदै आइरहेको छ । 

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक आकर्षक बोनसदर दिदै आइरहेको नेशनल लाइफले विभिन्न पोलिसी मार्फत बीमितहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया