NIMB Header 2
Nepal Life

सोल्टी होटलको नाफामा वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?

National Life
  • BFIS News
  • 2024 May 10 08:11
सोल्टी होटलको नाफामा वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?
Sanima Reliance

काठमाडौं । सोल्टी होटल लिमिटेडको नाफामा वृद्धि भएको छ। होटलले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा समीक्षा अवधिसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन देखिएको हो। अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो ।

Shikhar
NIMB

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको रिटेन्ड अर्निङको आकार पनि १ अर्ब ३ करोडबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) ४.४४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २४.५८ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३२.४८ रुपैयाँ, पिइ अनुपात ९८.९१ गुणा र तरलता अनुपात १.२२ प्रतिशत कायम भएको छ ।

कम्पनीको कुल खर्च बढेर १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ३ लाख रुपैयाँ रहेको कर्जा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया