Nepal Life

माथिल्लो मैलुङ खोला जलविद्युतको घाटामा वृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 08:51
माथिल्लो मैलुङ खोला जलविद्युतको घाटामा वृद्धि
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको घाटामा वृद्धि भएको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड १७ लाख रुपैयाँ घाटा बेहोरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४२.५४ प्रतिशतले बढी हो। अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १ करोड ३० लाख रुपैयाँ घाटामा थियो।

NIMB

कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तै कम्पनीले निर्माणमार्फत ३४ करोड ९१ लाख र २३ लाख ५६ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अन्य रिजर्भमा ४ लाख २८ हजार रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति १० करोड १४ लाख र कुल चालु दायित्व ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।   

यो अवधिसम्म कम्पनीको वित्त आम्दानी ५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड १९ लाख, पुनर्निमाण खर्च ३४ करोड ९१ लाख, पावर प्लान्ट सञ्चालन खर्च १ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३.८८ रुपैयाँले ऋणात्मक रहँदा प्रतिशेयर नेटवर्थ ९१.९५ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४१० रुपैयाँ र तरलता अनुपात ०.२७ प्रतिशत कायम छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया