NIMB Header 2
Nepal Life

युनिलिभर नेपालको नाफामा ३० प्रतिशतको वृद्धि

National Life
  • BFIS News
  • 2024 May 10 09:59
युनिलिभर नेपालको नाफामा ३० प्रतिशतको वृद्धि
Sanima Reliance

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसमा ३० प्रतिशतले नाफा बढेको देखिएको छ।

Shikhar
NIMB

कम्पनीले ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा ३०.४६ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा २७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस्तै, गत वर्षको सोही अवधिमा कुल खर्च १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा यस वर्ष यस्तो खर्च १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ।

कम्पनीले यस अवधिमा १ अर्ब ९९ करोड ५५ लाख आम्दानी गरेको छ। यसअघि गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिशेयर आम्दानी ५२८ रुपैयाँ छ, प्रतिशेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ। यो गत वर्षको तुलनामा केहि कम हो।

चैत मशान्तसम्ममा कम्पनीको कुल चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ भने रिटर्न अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार