Nepal Life

सानिमा रिलायन्स लाइफको मुनाफा ९२.९४ प्रतिशतले बढ्यो, मर्जर पछि सम्पुर्ण सूचकमा उत्साहजनक सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 11:16
सानिमा रिलायन्स लाइफको मुनाफा ९२.९४ प्रतिशतले बढ्यो, मर्जर पछि सम्पुर्ण सूचकमा उत्साहजनक सुधार
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाशिक अवधिमा ९२.९४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चैत मसान्तसम्ममा ३० करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १५ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कम्पनीका बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ दाबि भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ। गत वर्ष यस्तो आम्दानी ४६ करोड ४२ लाख रुपैयाँ थियो।

हाल ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया