Nepal Life

वीरगञ्जमा नयाँ एनसेल सेन्टर

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 18:23
वीरगञ्जमा नयाँ एनसेल सेन्टर
Sanima Reliance

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले वीरगन्जको घण्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ उक्त सेन्टर सञ्चालनमा ल्याएको हो । 

NIMB

एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरे । यो सेन्टरबाट सबै प्रकारका ग्राहक सेवा प्राप्त गर्नसक्ने बताइएको छ । 

आफ्नो ब्रान्डको नारा ‘आज, भोलि, सधैं सँगै’ तथा थिम ‘हामी तपाईंकै लागि’ अनुरूप स्थापना गरिएको यो नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाको बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लिन लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत प्राप्त गर्न सक्नेछन् । 

यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, साधारण सिम ई-सिममा अपग्रेड, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान लिने, अन्तर्राष्ट्रिय रोमिङ सुरु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका सेवाहरू प्राप्त गर्न सक्ने बताइएको छ ।

“सधैं हामीले गर्ने सबै कार्यहरूमा हामी हाम्रा ग्राहकहरूलाई केन्द्रमा राख्छौं र ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत रही उच्च ग्राहक अनुभव प्रदान गर्दै हाम्रा ग्राहकहरूलाई निरन्तर सेवा प्रदान गर्न पाएकोमा हामी खुसी छौं,” रोड्रिगेजले भने । “वीरगन्जमा यो नयाँ एनसेल सेन्टरको उद्घाटन तथा सञ्चालनले हाम्रा ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ।”

नयाँ सेन्टरको उद्घाटनको अवसरमा यो सेन्टरबाट १०० वा सोभन्दा बढीको ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान पनि गरिएको थियो ।

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यो सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले माइस्थान वीरगन्जमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ ओटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया