Nepal Life

सोल्टी र तारागाउँको प्रगतीले व्युत्यायो होटल तथा पर्यटनको इन्डेक्स

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 21:29
सोल्टी र तारागाउँको प्रगतीले व्युत्यायो होटल तथा पर्यटनको इन्डेक्स
Sanima Reliance

काठमाडौं । सोल्टी होटल र तारागाउँको मुनाफामा सुधार देखिए सँगै बिहीबार होटल तथा पर्यटन अन्तर्गतका कम्पनीहरुको शेयरमा उछाल आयो । बिहीबार एकै दिन यो सूचक ६.९६ प्रतिशतले सुधार हुँदा अधिकाम्स कम्पनीहरुको शेयर सर्किट तरमा पुग्यो ।

NIMB

आर्थिक मन्दीको समयमा होटल तथा पर्यटन क्षेत्रमा भने खासै ठुलो असर देखिएको छैन । विदेशी पर्यटकको आगामन बढे सँगै कोभिड १९ मा सुस्ताएको होटल तथा पर्यटन क्षेत्रमा विगत दुई वर्षदेखि सुधार देखिदै आएको छ । यहि कारणले गएको वर्ष यो समुहमा ठुलो उछाल आयो । फाइनान्स तथा विकास बैंकमा रुमलिएका लगानीकर्ताहरु दुई होटलको वित्तीय विवरण हेरेर यस समुह तर्फ होमिएका छन् ।

तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३३ करोड ३२ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३९.५४ प्रतिशतले धेरै हो । गत वर्ष यसले २३ करोड ८८ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै होटल समुहकै सोल्टी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १.०८ प्रतिशतले धेरै हो । गत वर्ष होटलले ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । 

तारागाउँको सञ्चालन आम्दानी र अन्य स्रोतबाट हुने अम्दानी बढेसँगै खुद नाफामा सुधार देखिएको हो । सञ्चालन आम्दानी ११.४२ प्रतिशतले बढेर १ अर्ब ९६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अन्य स्रोतबाट हुने आम्दानी १९.१२ प्रतिशतले बढेर १३ करोड २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । नाफासँगै प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसाले बढेर १६ रुपैयाँ ९९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १७ पैसा छ । चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ छ । 

त्यस्तै सोल्टि होटलले चैत मसान्तसम्ममा कुल १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा १.३८ प्रतिशतले धेरै हो । गत वर्ष होटलले अर्ब ५ करोड  करोड रुपैयाँ आम्दानी गरेको थियो । यो त्रैमासमा होटलको सञ्चालन आम्दानी पनि ४६ करोड रुपैयाँबाट बढेर ५१ करोड २७ लाख रुपैयाँमा भएको छ । पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएकोले नाफा बढ्न पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३५ करोड रुपैयाँ छ । सोल्टी होटलको प्रतिसेयर आम्दानी थोरै बढेर ४ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा रहेको थियो ।

लगानीकर्ताहरुले अन्य होटलको पनि यहि हिसावले वित्तीय विवरण सुधार आउने अपेक्षा गरेका छन् । यस वर्ष यहि अनुपातमा मुनाफा आर्जन गर्न सफल भएमा अर्को वर्ष यस समुहका अधिकाम्स कम्पनीले आकर्षक लाभांश दिन सक्ने विश्लेषकहरुको विश्लेषण छ ।


शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया