NIMB Header 2
Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गर्दा राम्रो देखाइएको सोनापुर सर्वसाधारणकोमा आइपुग्दा चरम घाटामा !

National Life
  • BFIS News
  • 2024 May 11 09:24
प्रिमियममा आइपिओ निष्काशन गर्दा राम्रो देखाइएको सोनापुर सर्वसाधारणकोमा आइपुग्दा चरम घाटामा !
Sanima Reliance

काठमाडौं । प्रिमिमयमा आइपिओ निष्काशन गर्ने समयमा सम्पुर्ण वित्तीय सूचक राम्रो देखिएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आइपिओ निष्काशन भएर दोस्रो बजारमा कारोबार सुरु गरेपछि भने नोक्सानीमा देखिएको छ ।

 

Shikhar
NIMB

तेस्रो त्रैमाशिक वित्तीय विवरणलाई हेर्दा आइपिओ निष्काशन गर्दा हरेक सूचकलाई म्यानिपुलेसन गरेर आकर्षक देखाएको प्रष्ट हुन्छ । कम्पनीले गएको असोजमा प्रतिकित्ता १३७.५८ रुपैयाँ प्रिमियम सहित २३७.५८ रुपैयाँको दरले सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो ।

जतिवेला कम्पनी मुनाफामा थियो साथै प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ भन्दा माथि थियो । अहिले तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्नेबेलासम्ममा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत गत असार मसान्तसम्ममा २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिक्री आम्दानी घटेका कारण कम्पनी नोक्सानीमा पुगेको वित्तीय विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको असार मसान्तको तुलनामा ३१.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८०.२२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९९.३९ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ। ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले आइपिओ निष्काशन गर्दा सर्वसाधारण लगानीकर्ताहरुलाई जुन किसिमको तथ्याङ्क सार्वजनिक गरेको थियो आइपिओ निष्काशन पछि ति सबै तथ्याङक बनिबनाउ रहेको प्रष्ट देखिन्छ । यस्ता विषयलाई न त रेटिङ एजेन्सी न त नियाम निकाय नेपाल धितोपत्र बोर्डले नै राम्रो सँग नियम नगर्न सकेको छैन ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार