Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको मुनाफा ४६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sat 10:20
युनाइटेड अजोड इन्स्योरेन्सको मुनाफा ४६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ
Sanima Reliance

काठमाडौं । मर्जर पछि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले थप सिनर्जी प्राप्त गरेको छ । साविक युनाइटेड इन्स्योरन्स र अजोड इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भइ बनेको युनाइटेड अजोडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाशिक अवधिमा ४६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।

NIMB

९ महिनाको अवधिमा कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । दुई कम्पनी विच ठिक एक वर्ष अगाडी आजकैका दिन २०८० बैशाख २९ गते एकिकृत कारोबार भएको थियो ।

मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड पुगेको छ । जगेडा कोषमा एक अर्ब २८ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनी पूँजी तथा कोषका हिसावले शक्तिशाली बनेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८१ प्रतिशतले सुधार भएको छ । यस अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन भने एक अर्ब ९८ करोड छ ।

कम्पनीको दाबी भुक्तानी पनि ११६ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले बीमितलाई ३७ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । मुनाफामा बृद्धि सँगै प्रतिशेयर आम्दानी पनि १९.२० रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया