Nepal Life

शिखर इन्स्योरेन्सको मुनाफा २६.२३ प्रतिशतले बढ्यो, हरेक सूचकमा उल्लेख्य सुधार, यस्तो छ वित्तीय विवरण

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 06:21
शिखर इन्स्योरेन्सको मुनाफा २६.२३ प्रतिशतले बढ्यो, हरेक सूचकमा उल्लेख्य सुधार, यस्तो छ वित्तीय विवरण
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा सम्पुर्ण सूचकमा उल्लेख्य सुधार गर्न सफल भएको छ । कम्पनीले चैत मसान्तसम्ममा २६.२३ प्रतिशतले मुनाफा बढाएको छ । समिक्षा अवधिमा कम्पनीले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

NIMB

खुद बीमाशुल्क तथा कुल आम्दानी बढेको र दाबी भुक्तानी तथा खर्च घटेका कारण इन्स्योरेन्सको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १६.०६ प्रतिशत र कुल आम्दानी ३.४४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा २१.६९ प्रतिशत घटेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङ्गमा २६ करोड ११ लाख र अन्य इक्विटीमा ५८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया