Nepal Life

नेपाल लाइफको मुनाफा २२.२१ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा एक खर्ब ८९ अर्ब नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 06:48
नेपाल लाइफको मुनाफा २२.२१ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा एक खर्ब ८९ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाशिक अवधिमा २२.२१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चैत मसान्तसम्ममा ६० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

कम्पनीको यस त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन २९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २७ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ७.९७ प्रतिशतले बढाउन सफल भएको छ । आकर्षिक प्रतिफल समयानुकुल बजार प्रवर्द्धन रणनीति बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उत्कृष्ट बजार हिस्सा ओगट्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताएका छन् ।

कम्पनीले तेस्रो त्रैमाशसिक अवधिसम्ममा १० अर्ब २३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो छरितो तरिकाले बीमितहरुको दाबी भुक्तानी गर्ने नीति अवमम्बल गरेको छ । कम्पनीले तेस्रो त्रैमाशिक अवधिसम्ममा एक खर्ब ९५ अर्ब रुपैयाँ भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ । जस मध्ये नेपाल लाइफ क्यापिटलमा ५१ प्रतिशत शेयर बराबरको १५ करोड रुपैयाँ दीर्घकालिन लगानी समेत समावेश रहेको छ । कम्पनीले समिक्षा अवधिमा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमा शुल्कको ८९.९६ प्रतिशत परम्परागत सावधिक जीवन बीमा पोलिसी र १०.०४ प्रतिशत मात्रै आवधिक जीवन बीमा पोलिसी बिक्री गरेको छ ।

कम्पनीले विद्यमान प्रतिस्पर्धात्म अवस्थामा समयानुकल व्यवसायिक योजन र रणनीति अवम्बन गर्दै आएको छ । जसका कारणले कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरुलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरुप उपलब्धी हासिल गर्दै आएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ । समिक्षा अवधिमा जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले २ अर्ब १९ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा अभिकर्ताहरुले २ अर्ब २३ करोड रुपैयाँ कमिशन प्राप्त गरेका थिए ।

चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको नेपाल लाइफको जगेडा कोषमा २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष एक खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा एक खर्ब ६३ अर्ब रुपैयाँ थियो । प्रतिशेयर आम्दानी ९.८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४८.६५ रुपैयाँ छ । प्रतिशेयर कुल सम्पत्ती मूल्य २४९३ रुपैयाँ पर्न जान्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया