Nepal Life

सगरमाथा लुम्बिनी ‘सलिको’को मुनाफा ५५ प्रतिशतले बढ्यो, सोल्भेन्सी मार्जिन सहित हरेक सूचकमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 07:14
सगरमाथा लुम्बिनी ‘सलिको’को मुनाफा ५५ प्रतिशतले बढ्यो, सोल्भेन्सी मार्जिन सहित हरेक सूचकमा सुधार
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीको मुनाफा ५५.३२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३० करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

मर्जर पछि कम्पनीले सिनर्जी प्राप्त गरेको छ । साविक सगरमाथा र लुम्बिनी एक भएर २०८० फागुन २९ गते एकिकृत कारोबार शुभारम्भ गरेका थिए । यसरी मर्जर पछि एक वर्षको अवधिमा कम्पनीले हरेक बृद्धि गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १६.१० प्रतिशतले बढेको छ । चैत समान्तसम्ममा कम्पनीले एक अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब १८ करोड थियो । चैत मसान्तसम्ममा खुद दाबी भुक्तानी ७७ करोड ९० लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको सगरमाथा लुम्बिनीको कुल पूँजीकोष ६ अर्ब २६ करोड भन्दा धेरै रहेको छ । प्रतिशेयर आम्दानी २४.१७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ छ । यस हिसावले कम्पनीले धेरै सवल र बलियो रहेको पुष्टी हुन्छ । प्रतिशेयर कुल सम्पत्ती मूल्य ५७८ रुपैयाँ छ । सोल्भेन्सी रेसियो ४.०७ प्रतिशत छ । जुन नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको भन्दा धेरै उत्कृष्ट छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया