Nepal Life

पिपुल्स पावरको नाफामा उल्लेख्य सुधार, १५५.७९ प्रतिशतले बढ्यो आम्दानी

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 08:33
पिपुल्स पावरको नाफामा उल्लेख्य सुधार, १५५.७९ प्रतिशतले बढ्यो आम्दानी
Sanima Reliance

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवैमा वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन भएको देखिएको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो।

NIMB

कम्पनीले समीक्षा अवधिसम्म ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५५.७९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ३ करोड १८ लाख रुपैयाँ थियो ।  

कम्पनीको कुल चालू सम्पत्ति ३ करोड २८ लाख र कुल चालू दायित्व २८ लाख ४१ हजार रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) १.९५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ९७.०८, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १५३.७३ रुपैयाँ र तरलता अनुपात ११.५७ रुपैयाँ कायम छ।
 
कम्पनीको कर्मचारी खर्च १७ लाख ९७ हजार, अन्य सञ्चालन खर्च २६ लाख ५ हजार, वित्त खर्च २ करोड ९६ लाख र प्रत्यक्ष खर्च १ करोड ४ लाख रुपैयाँबराबरको छ ।

चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ भएको कम्पनीको रिजर्भको आकार १ करोड ८४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया