Nepal Life

अरुण भ्याली हाइड्रोपावरको नाफा र आम्दानीमा गिरावट, कस्ता छन् अन्य वित्तीय विवरण?

NMB Bank
  • BFIS News
  • 2024 May 12 10:02
अरुण भ्याली हाइड्रोपावरको नाफा र आम्दानीमा गिरावट, कस्ता छन् अन्य वित्तीय विवरण?
National Life

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको नाफा र आम्दानी दुवैमा गिरावट देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको छ। जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Shikhar
NIMB

कम्पनीले समीक्षा अवधिसम्म ६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ७३.०९ प्रतिशतले कम हो। अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २२ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २३ करोड ५९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ।  

कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ८ करोड र कुल चालु दायित्व ५२ करोड २४ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रशासनिक खर्च २९ लाख,१५ हजार, बिक्री/वितरण खर्च ४ करोड १६ लाख, कर्मचारी खर्च २० लाख २६ हजार र वित्त खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ।

कम्पनीले कर्मचारीको बोनसका लागि ७ लाख ४४ हजार र सामाजिक उत्तरदायित्वका लागि ५८ हजार रुपैयाँ खर्च गरेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) ०.४१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०३.४९ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १५८.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२०.५८ गुणा र तरलता अनुपात २.०७ प्रतिशत कायम भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया