Nepal Life

एसियन लाइफको खुद मुनाफा २५४.९२ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी २९ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 10:51
एसियन लाइफको खुद मुनाफा २५४.९२ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी २९ रुपैयाँ
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा २५४.९२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६९ करोड ११ रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको यसै अवधिको १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो । 

NIMB

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १०.५०% ले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । साथै, लगानी तथा कर्जाबाट आम्दानी ८.२९% ले बढेर २ अर्ब ३२ करोडबाट २ अर्ब ५२ करोड पुगेको छ । 

हाल एसियन लाइफको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले ४२% हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख छ । प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँले बढेर २९.२० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२९.१९ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया