Nepal Life

हकप्रद पछि पनि अपर तामाकोशी चरम नोक्सानीमा, आम्दानीको ७१ प्रतिशत ऋण तिर्दै ठिक्क

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 11:04
हकप्रद पछि पनि अपर तामाकोशी चरम नोक्सानीमा, आम्दानीको ७१ प्रतिशत ऋण तिर्दै ठिक्क
Sanima Reliance

काठमाडौं । हकप्रद शेयर निष्काशन गरेर केहि ऋण चुक्ता गरेको अपर तामाकोशीले अझै पनि मुनाफामा सुधार गर्न सकेको छैन । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाशिक अवधिमा एक अर्ब ३९ करोड रुपैयाँले नोक्सानीमा रहेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा २ अर्ब २ करोड रुपैयाँले ऋणात्मक थियो । 

NIMB

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ अर्ब १७ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७.६४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४९.१८ प्रतिशत र वित्तीय खर्च ८.१४ प्रतिशत घटेको छ।

चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८.७६ प्रतिशत ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ २५ पैसा रहेको छ। २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ८ अर्ब ६९ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीले बिद्युत बिक्री गरेर आर्जन गरेको आम्दानीको करिव ७१ प्रतिशत रकम वित्तीय खर्च अर्थात सावा र व्याज तिर्दै सकिएको छ । कम्पनीले अझै ७२ अर्ब ६१ करोड रुपैयाँ दीर्घकालिन ऋण तिर्न बाँकी छ । गएको वर्ष यस्तो कर्जा ७३ अर्ब ३३ करोड थियो । यसरी एक वर्षमा कम्पनीले जम्मा ६१ करोड मात्रै घटेको छ । यस अवधिमा कम्पनीले ६ अर्ब ७२ करोड रुपैयाँको अल्पकालिन ऋण भने घटाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया