Nepal Life

हिमालयन रिइन्स्योरेन्सको नाफा १०० प्रतिशत बढ्यो, शेयर बजार बढाउने अर्को फण्डा

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 12:04
हिमालयन रिइन्स्योरेन्सको नाफा १०० प्रतिशत बढ्यो, शेयर बजार बढाउने अर्को फण्डा
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १०० प्रतिशतले मुनाफा बृद्धि गरेको छ । कम्पनीले चैत मसान्तमा ९३ करोड ११ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

NIMB

गत वर्षको यसैअवधिमा खुद नाफा ४६ करोड ४३ लाख १० हजार रुपैयाँ मात्र रहेको थियो । कम्पनीको यो मुनाफा एक्चुरियल मूल्याङ्क पछि मात्रै निश्चित हुन्छ । तर कम्पनीले यस वर्ष दोस्रो बजारलाई प्रभावित पार्ने उद्देश्यका साथ आकर्षक मुनाफा बृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दायित्वबापत आर्जन गरेको रकमलाई पनि आम्दानीमा बाधेर मुनाफा धेरै देखाएको छ । अहिले आर्जन भएको बीमा शुल्क दायित्व हो । भोलि दाबी भुक्तानी यहि रकमबाट गर्नु पर्छ । 

प्रिमियममा शेयर निष्काशन गरेको हिमालयन लाइफले बजार बढाउन हकप्रद शेयर निष्काशनको फण्डा ल्यायो तर बजार बढ्न सकेन । कम्पनीले जसरी हुन्छ दोस्रो बजारमा भाउ बढाउन हरेक तिकडम गरिरहेको छ । यदि कम्पनीले आगामी वर्षमा प्रिमियमबाट आर्जन भएको रकमबाट बोनस शेयर दिन पायो भने अगामी दुई वर्षमा यसका लगानीकर्ताले दोस्रो बजारबाट राम्रो पैसा कमाउने छन् । 

कम्पनीको इन्साइडर सूचनामा खेल्न यस कम्पनीका संस्थापक लगानीकर्ताले दोस्रो बजारमा मूल्य बढाउन बल प्रयोग हुने सबै सूचनामा खेलिरहेका छन् । समिक्षा अवधिमा कम्पनीले खुद बिमा शुल्क आर्जन १२३.९६% ले बढेर ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । 

लगानी तथा कर्जा हुने आम्दानी पनि ३६.८१% ले बढेर ७६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ७७ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.५७ रुपैयाँले बढेर १२.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया