Nepal Life

सानिमा जिआइसीको मुनाफा २१.८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 12:42
सानिमा जिआइसीको मुनाफा २१.८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ
Sanima Reliance

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१.८० प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । यो साविकका दुई बीमा कम्पनी सानिमा जनरल र जनरल इन्स्योरेन्स विचको मर्जर पछि सम्पन्न संयुक्त कारोबार भए पछिको तुलनायोग्य तथ्याङ्क हो । दुई कम्पनी विच २०७९ कार्तिक ७ गतेदेखि एकिकृत कारोबार गरेका थिए ।

NIMB

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २१.८० प्रतिशतले धेरै हो । गत वर्ष यसले १६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १६.२० प्रतिशतले बढेको छ । 

यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १७ करोड रुपैयाँबाट बढेर १९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीको कुल दावी भुक्तानी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ७३ करोड ९५ लाख रुपैयाँ थियो । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १८ करोड १८ लाख रुपैयाँ रहेको छ । सानिमा जीआइसीको बिमा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । 

चैतसम्म यसले ४९ करोड ४३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १७.३१ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४२ करोड १३ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४० पैसाले बढेर १३ रुपैयाँ ४० पैसा (वार्षिक) कायम भएको छ  यसको प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया