NIMB Header 2
Nepal Life

बिवाइडीका ११ ग्राहकले युरोकप हेर्न पाउने, यी हुन् विजेता

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 May 12 13:21
बिवाइडीका ११ ग्राहकले युरोकप हेर्न पाउने, यी हुन् विजेता
United Ajod

काठमाडौं । साइमेक्स इन्कको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनीले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा गरिएको छ।

Nepal Life
NIMB

विजेताले जर्मनीमा हुने युइएफए युरोकप २०२४ को खेल प्रत्यक्ष हेर्ने मौका पाउनेछन्। २६ फेब्रुअरी २०२४ देखि ५ मेसम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकबाट ११ जना भाग्यशाली लक्की ड्रबाट चयन गरिएको कम्पनीले जनाएको छ।

बिवाइडी नेपालका ब्रान्ड एम्बासडर हरिवंश आचार्य र साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रूपमा लक्की ड्र घोषणा गरेका हुन्।

दुई चरण गरी लक्की ड्रबाट निकालिएका विजेतामा पहिलो चरणका विजेता जयराम न्यौपाने, शाश्वत गौतम, श्यामसुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ, विजेन्द्र शाक्य, कविनराज श्रेष्ठ, दिनेश प्याठा रहेका छन्।

त्यस्तै, दोस्रो चरणका विजेतामा गणेश कँडेल, डा. ममता क्षेत्री र डा. जगदीश तिमिल्सिना, प्रदीप पौडेल, सगरमाथा टेलिभिजन र विमल गुरुङ, जयप्रकाश दास र सजिना पाण्डेय रहेका छन्।

यी विजेता बीवाईडीका ग्राहकले जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुने यूईएफए युरोकप २०२४ का खेलहरू त्यहीँ गएर हेर्न पाउने भएका हुन् ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया