Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मुनाफा १६२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 13:27
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मुनाफा १६२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा पहिलो मर्जरको इतिहास बनाएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले डेढ वर्ष पछि मर्जरको सिनर्जी प्राप्त गरेको छ । साविक हिमालयन इन्स्योरेन्स कम्पनी र एभरेष्ट कम्पनी एक आपसमा मर्ज भइ २०७९ साउन एक गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए । 

NIMB

मर्जरको प्रारम्भिक चरणमा ठुलो समस्यालाई झल्दै अहिले सम्पुर्ण समस्याहरु निराकरण गरे सँगै मुनाफामा पनि व्यापक सुधार देखिएको हो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन एभरेष्ट इन्सुरेन्सको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १६२.८६ प्रतिशतले बढेर ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २३ करोड ७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद बिमा शुल्क आर्जन र कुल आम्दानी बढेकाले खुद नाफामा वृद्धि भएको हो । खुद बिमा शुल्क आर्जन २५.९० प्रतिशतले बढेर ८३ करोड ६४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ४३ लाख ८२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कुल आम्दानी ६४.४१ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६१ पैसाले बढेर ३२ रुपैयाँ ३५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया