वैदेशिक रोजगारीमा गएका नेपालीले ९ महिनामै भित्र्याए १० खर्ब ८२ अर्ब रेमिट्यान्स

  • BFIS News
  • 2024 May Sun 13:42
वैदेशिक रोजगारीमा गएका नेपालीले ९ महिनामै भित्र्याए १० खर्ब ८२ अर्ब रेमिट्यान्स

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाउने रेमिट्यान्स १९.८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा विप्रेषण आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३२९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३८७,८३९ र २१७,९५९ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया