NIMB Header 2
Nepal Life

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई चिरायु नेशनल हस्पिटलमा विशेष छुट

National Life
  • BFIS News
  • 2024 May 12 16:39
प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई चिरायु नेशनल हस्पिटलमा विशेष छुट
Sanima Reliance

काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाडौं बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिमा विशेष छुट पाउने भएका छन्। यस विषयमा प्रभु बैंक लिमिटेड र अस्पतालबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

Shikhar
NIMB

एक समारोहबीच चिरायु नेशनल हस्पिटलका हस्पिटल डाइरेक्टर संजीव राज भण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेशनल हस्पिटल एण्डमा पेश गर्नुपर्ने छ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेशनल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापीलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

साथै, प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन्।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक चिरायु नेशनल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको जनाएको छ।  

त्यसैगरी, प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार