NIMB Header 2
Nepal Life

इसेवा मनी ट्रान्सफर र ट्रयाङ्ग्लोबीच रेमिटेन्स भुक्तानी सम्झौता, पैसा पठाउन झन् सहज

National Life
  • BFIS News
  • 2023 Aug 04 19:42
इसेवा मनी ट्रान्सफर र ट्रयाङ्ग्लोबीच रेमिटेन्स भुक्तानी सम्झौता, पैसा पठाउन झन् सहज
Sanima Reliance

काठमाडौं। इसेवा मनी ट्रान्सफरको रेमिटेन्स सेवा ट्रयाङ्ग्लोबाट पनि सुरु भएको छ। इसेवा र ट्रयाङ्ग्लोबीचको सम्झौतासँगै विदेशमा रहेका नेपालीहरुले ट्रयाङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्रयाङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरुबाट रेमिटेन्स पठाउन सक्नेछन्।

 

Shikhar
NIMB

ट्रयाङ्ग्लोबाट पठाएको रेमिटेन्स इसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्रयाङ्ग्लोका प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरे। इसेवा मनि ट्रान्सफर र ट्रयाङ्ग्लोबीचको यो साझेदारीले रेमिटेन्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।

‘हामी हाम्रा सेवाहरू दिगो र सान्दर्भिक बनाउनको लागि हाम्रो विश्वव्यापी साझेदार, ट्रयाङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा हर्षित छौं र हाम्रो आवश्यकता बुझ्दै क्यासलेस अर्थतन्त्रको अवधारणालाई ट्रयाङ्ग्लोले समेत आत्मसात गरेको छ,,’ एफवान सफ्ट ग्रुपका अध्यक्ष ढकालले भने।

ट्रयाङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत लीले भने- ‘देशको कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी रेमिटेन्सको योगदान भएकोले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्नु उच्च प्राथमिकता हो। हामी विश्वस्त छौं कि हाम्रो अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउनेछ।’

स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिटेन्स क्षेत्रमा निकै ठूलो फड्को मारेको इसेवा मनि ट्रान्सफरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात गर्दै डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया