Nepal Life

सूर्यज्योति लाइफको मुनाफा ३४ प्रतिशत बढ्यो, जीवन बीमा कोष ३२ अर्ब नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 06:09
सूर्यज्योति लाइफको मुनाफा ३४ प्रतिशत बढ्यो, जीवन बीमा कोष ३२ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड ६ लाख रुपैयाँ आर्जन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनिले ३३.८९ प्रतिशतले बढाउन सफल भएको हो ।

 

NIMB

खुद बिमा शुल्क आम्दानीका साथै, लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार देखिएको हो । यसअवधिमा खुद बीमा शुल्क आम्दानी ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । जीवन बीमा कोषमा ३२ अर्ब नाघेको छ । 

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ६० करोड रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी ८.६७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १६६.३१ रुपैयाँ देखिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया