NIMB Header 2
Nepal Life

सिटी होटलको नोक्सानीमा सुधार, सञ्चालन आम्दानी बढ्यो

National Life
  • BFIS News
  • 2024 May 13 08:32
सिटी होटलको नोक्सानीमा सुधार, सञ्चालन आम्दानी बढ्यो
Sanima Reliance

काठमाडौं । सिटी होटलले नोक्सानीमा सुधार गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा होटलले १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी बेहोरेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटलले २१ करोड ६१ लाख रुपैयाँ नोक्सनी बेहोरेको थियो ।

Shikhar
NIMB

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो ।

सञ्चालन आम्दानी भने १३.१५ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ। गत वर्ष होटलको सञ्चान आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ थियो।

होटलको कुल आम्दानी २२.९३ प्रतिशत बढेको छ भने कुल खर्च १७.७२ प्रतिशत बढेको छ। होटलको वित्तीय खर्च समीक्षा अवधिमा ३.११ प्रतिशत घटेको छ। १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको अन्य इक्विटी ९ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा रहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया