Nepal Life

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा छलाङ, कस्ता छन् अन्य वित्तीय विवरण?

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 09:12
सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा छलाङ, कस्ता छन् अन्य वित्तीय विवरण?
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

NIMB

कम्पनीको खुद बीमाशुल्क आर्जन ७.०५ प्रतिशतले बढेको छ । यस अवधिमा ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको इन्स्योरेन्सले अघिल्लो आवको यसै अवधिमा ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १४.४१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १५.५९ प्रतिशत र कुल खर्च ११.९३ प्रतिशत बढेको छ।

३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती जगेडामा १६ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६३ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ।

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब १५ करोड २ लाख रुपैयाँ, अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड २९ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड १० लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ ।  

इन्स्योरेन्सले यस अवधिमा ३ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.५९ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ अर्ब ४१ करोड २४ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४ अर्ब ४० करोड ९२ लाख रुपैयाँ थियो।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ९० पैसा बढेर ९ रुपैयाँ ५३ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.४० गुणा रहेको छ। यस्तै प्रतिशेयर कुल सम्पत्तिको मूल्य ५२४.३६ रुपैयाँ रहेको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया