Nepal Life

नेशनल लाइफको मुनाफा ३०.३० प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ७४ अर्ब ५७ करोड नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 10:22
नेशनल लाइफको मुनाफा ३०.३० प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ७४ अर्ब ५७ करोड नाघ्यो
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ३८ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ३०.३० प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २९ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

NIMB

कम्पनीले विभिन्न क्षेत्रमा गरेको लगानी तथा कर्जाबाट आम्दानी बढाए सँगै मुनाफा बढाउन सफल भएको हो । यसअवधिमा खुद बीमा शुल्क आम्दानी १३.४६ प्रतिशतले बढेर १२ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १५.३० प्रतिशतले बढेर ४ अर्ब ९ करोड २ लाख रुपैयाँ पुगेको छ । नेसनलको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ७२ करोड १० लाख रुपैयाँ देखिएको छ । यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी १०.३३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १३५.७५ रुपैयाँ देखिएको छ । 

कम्पनीको समिक्षा अवधिसम्ममा जीवन बीमा कोषमा ७४ अर्ब ५७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । एक वर्षको एक अवधिमा १७ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा ५ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक आकर्षक बोनस दिदै आएको नेशनल लाइफले पछिल्ला दिनमा आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । जसको कारणले कम्पनीको जीवन बीमा कोषमा हरेक वर्ष सुधार हुँदै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया