NIMB Header 2
Nepal Life

दोहोरो अंकले बढ्यो नेप्से, बैंकिङमा झुम्मिए लगानीकर्ता

National Life
  • BFIS News
  • 2024 May 13 15:31
दोहोरो अंकले बढ्यो नेप्से, बैंकिङमा झुम्मिए लगानीकर्ता
Sanima Reliance

काठमाडौं । सोमबार नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्सेमा २४.३९ अंकको वृद्धि भएको हो। यसदिन नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

सोमबारको बजारमा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३२० वटा धितोपत्रको ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच भएको हो।

सोमबार १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ वटाकै घटेको छ। यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यसदिन पाँच कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ।

नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै, श्रीजनशील लघुवित्त र हिमालयन ऊर्जा कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सिवाइसि नेपाल लघुवित्त लघुवित्तको मूल्य सर्वाधिक ५.६५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको शेयर मूल्य एक हजार ५५३ रूपैयाँ कायम भएको छ। यस्तै, आरम्भ चौतारी लघुवित्तको मूल्य ३.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८६६ रूपैयाँमा झरेको छ।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २८१ रूपैयाँमा ३० करोड ८० लाख बराबरको शेयर कारोबार भएको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७४६ रूपैयाँमा २८ करोड २३ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ।

यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले बढेको छ भने लगानी समूहको परिसूचक २.०४ प्रतिशतले बढेको छ। वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित भएसँगै सो उपसमूहको परिसूचक उच्च दरमा बढेको हो।

जेठ महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाउँदा, ब्रोकर कमिशन घट्दा तथा बजेट र मौद्रिक नीतिको समीक्षा आउँदै गर्दा बैंकिङ समूह बढ्न पुगेको विष्लेषक बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया