बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरीमा नेपाल लाइफको सहभागिता
- BFIS News
- 2024 May 13 19:28
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाल लाइफको समुहले पनि सहभागिता जनाएको थियो । प्रभातभेरी कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको नेतृत्वमा उच्च व्यवस्थापन समुहका कर्मचारीहरुले व्यानर सहित सहभागिता जनाएका थिए ।





![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)








प्रतिक्रिया