Nepal Life

पूँजी बृद्धि र मर्जरको प्रभाव जीवन बीमा कम्पनीको मुनाफामा, ४४.३० प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 05:51
पूँजी बृद्धि र मर्जरको प्रभाव जीवन बीमा कम्पनीको मुनाफामा, ४४.३० प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको मुनाफामा उछाल आएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीहरुले चुक्ता पूँजी बढाए सँगै मुनाफा बढेको हो । कम्पनीहरुले पूँजी बढे सँगै रिटेन्सन क्षमता बढाउदा यसको प्रत्यक्ष असर मुनाफामा परेको हो ।

NIMB

बैंकहरुले यस वर्ष व्याजदर घटाउदा पनि मुनाफामा भने सुधार गरेका छन् । कतिपय कम्पनीहरुले लगानी गरेका सहायक कम्पनीको आम्दानीलाई मुनाफामा देखाएर पनि मुनाफा बढाएका छन् । उहि प्रयोजनको रकम राष्ट्रिय जीवन बीमा कम्पनीले आम्दानी देखाएर मुनाफामा बाधेको छैन भने एशियन लाइफले सो रकमलाई आम्दानी सँगै मुनाफामा पनि देखाएको छ । कम्पनीले लगानी गरेका दुई होटल र एएयर लाइसन्सको मुनाफालाई आम्दानी देखाएर सिधै नाफामा देखाएको हो । जवकी राष्ट्रिय जीवन बीमा कम्पनीले एक अर्ब ३ करोड आर्जन गरेको छ । यो रकमलाई कर खर्चमा देखाएर मुनाफा बढाएको छैन ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा जीवन बीम कम्पनीहरुको ४४.३० प्रतिशतले मुनाफा बृद्धि भएको छ । कम्पनीहरुले ९ महिनामा ४ अर्ब ६४ करोड मुनाफा गरेका छन् । गत वर्षको यहि अवधिमा तीन अर्ब २२ करोड थियो । यो मुनाफा भने वास्तविक हुँदैन । कम्पनीहरुले एक्चुरियल मूल्याङ्कन गरेर जीवन बीमा कोषले आर्जन गरेको रकमबाट निश्चित रकम शेयर धनीकोषमा आए पछि मुनाफामा बृद्धि हुने भएकाले यो रकम कहिल्यै पनि बास्तविक हुँदैन । एक्चुरियल मूल्याङ्कन पश्चात हुने लेखापरीक्षणबाट वास्तविक तथ्याङ्क आउछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा चुक्ता पूँजी, जीवन बीमा कोष, लगानी, आम्दानी लगायतका सबै सूचकमा सबैभन्दा अगाडी रहेको छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ । त्यस्तै, हिमालयन लाइफको चुक्ता पुँजी पनि ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ छ । नेसनल लाइफको चुक्ता पुँजी ५ अर्बभन्दा धेरै छ । बाँकी ९ कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा कम छ । 

त्यस्तै रिटेन्ड अर्निङ तर्फ पनि नेपाल लाइफले सबैभन्दा धेरै २ अर्ब २९ करोड ८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । १ वर्षको अवधिमा अधिकाम्स कम्पनीको रिटेन्ड अर्निङ बढेको छ भने केहिको घटेको छ । सबैभन्दा धेरै रिटेन्ड अर्निङ बढ्नेमा एलआइसी नेपाल रहेको छ । यसको रिटेन्ड अर्निङ १९१.४८ प्रतिशतले बढेको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया